Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १५ : ३१ मा प्रकाशित

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी  बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल बिक्री गर्न लागेको हो ।

त्यसैगरी, बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी  बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । -  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको