Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको सिइओ अशोक शमशेरको तलव /भत्ता १ करोड ६९ लाख, कर्मचारी खर्च अर्बमाथि

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, ०५ : ३५ मा प्रकाशित

हिमालयन बैंकको सिइओ अशोक शमशेरको तलव /भत्ता १ करोड ६९ लाख, कर्मचारी खर्च अर्बमाथि

अर्थ संसार, काठमाडौं -हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि १ करोड ६९ लाख ११ हजार १ सय रुपैयाँ खर्च गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शमशेर जबरा रहेका छन्।

बैंकको वार्षिक प्रतिवेदन अनुसार सिइओ अशोक शमशेर जबराले आर्थिक २०७५ ७६ मा  तलव ८२ लाख ८ हजार रुपैयाँ, भत्ता ७३ हजार ९२ हजार रुपैयाँ, टेलिफोन मोइबाइल खर्च ४ लाख १८ हजार ३९५ रुपैयाँ र विविध गरी ८ लाख ९२ हजार ७०५ रुपैयाँ गरी कुल १ करोड ६९ लाख ११ हजार  १ सय रुपैयाँ खर्च गरेको छ । 

लाभांश पारितसँगै हिमालयन बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर) 

त्यसै गरी बैंकले यस आर्थिक वर्षमा व्यवस्थापकलाई २८ करोड १२ लाख ६२ हजार ८०९ रुपैयाँ खर्च गरेको छ ।

  बैंकले कर्मचारी खर्चमा १ अर्ब १७ करोड १८ लाख ५४ हजार ३५ रुपैयाँ, अन्य संचालक खर्चमा ७९ करोड ६६ लाख ९८ हजार ५६३ रुपैयाँ र र्हास कट्टि र परिशोधन खर्च १७  करोड १ लाख ९८ हजार

२१५ रुपैयाँ गरी कुल २  अर्ब १३ करोड ८७ लाख ५० हजार ८१३ रुपैयाँ खर्च गरेको छ ।  बैंकले शेयरधनीलाई १२ प्रतिशत कर सहित नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिएको थियो । बैंकको वार्षिक साधारणसभा माघको २९ गते त्रिभुवन आर्मि क्लव भद्रकाली काठमाडौंमा सम्पन्न भएको थियो ।

व्यवस्थापन, प्रमुख कार्यकारी, संचालक र अध्यक्ष बीच राम्रो सम्बन्ध छैन भन्छन || Kuber Shrestha || HBL

 

पछिल्लो समय बैंकको Goodwill मा धक्का लागेको हो कि भनेर लागि रहेको छ

अर्को साल लाभास बडोस || समयमा साधारण सभा गरियोस || Mahendra Shrestha

 

बारम्बार मिडियामा संचालक बीचको विवादको कुरा आइरहेको छ, यसले Himalayan Bankको EPS मा असर पार्ने छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको