Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आईएमई बैंकको नगद पुरस्कार प्रायोजन

अर्थ संसार

बुधबार, ०७ फागुन २०७६, ०८ : ११ मा प्रकाशित

सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आईएमई बैंकको नगद पुरस्कार प्रायोजन

अर्थ संसार, काठमाडौं -ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।

पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोकृष्ट हुनु भएका तेकवान्डोकी  निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्य ज्यूले जनहि रु १,००,०००/– को चेक हस्तान्तरण गर्नुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगाएत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

सोहि कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड यहि मिति २०७६ साल फाल्गुन ०६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आई एम ई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आईरहेको छ ।

ग्लोबल आई एम ई बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समर्ग नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।
 

5e4c9d6064114.jpg 5e4c9d6071699.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको