Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले दियो श्रेष्ठलाई बाइक

विहीबार, २० असोज २०७३, १० : ४० मा प्रकाशित

एनसेलले दियो श्रेष्ठलाई बाइक

 

अर्थ संसार

काठमाडौं– मोबाईल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेडका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ ।

एमपि मेड एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहकसम्म पुर्याउने रिटेलर हो । श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रममाझ बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टी’ योजना शुरु गरेको हो ।

रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक भएको एनसेलले जनाएको छ ।

यस अधि यो योजनाअन्र्तगत काठमाडौंको मित्रनगरमा रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र तनहुँको दुलेगौडामा रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको