Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिपर्पोज फाइनान्सकाे नाफा २२८.३३ प्रतिशतले बढ्याे, अरू सूचक कस्ताे छ ?

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १४ : ३२ मा प्रकाशित

मल्टिपर्पोज फाइनान्सकाे नाफा २२८.३३ प्रतिशतले बढ्याे, अरू सूचक कस्ताे छ ?

अर्थ संसार काठमाडाैं - मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा १९ लाख ४७ हजार ३८१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २२८.३३ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७४ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ९१.३७ प्रतिशत धेरै हाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६९ पैसा रहेकाे छ । 

यसैगरी, पुस मसान्तसम्ममा कम्पनीले सञ्चालन नाफा २२४.८४ प्रतिशतले बढाएर ३० लाख ६० हजार रुपैयाँ पुर्याएकाे छ । 

कम्पनी​​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e4cf870d6c27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको