Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ५.२४ अंकले उकालाे लाग्दा, काराेबार कति भयाे ?

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १५ : ०१ मा प्रकाशित

शेयर बजार ५.२४ अंकले उकालाे लाग्दा, काराेबार कति भयाे ?

अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि उकालाे लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ५.२४ अङ्कले बढेको छ । 

कुल १७७ वटा कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ रुपैयाँको कारोबार भएकाे छ । 

 १४००.०१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर  १४०५.२५ विन्दुमा आइपुगेको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर बढेको छ ।

बुधबार व्यापार ८.२९ अंक, विकास बैंक ५.५२ अंक, जलविद्युत ४.८१ अंक, उत्पादन ९४.७१ अंक, अन्य ४.५६ अंक र माइक्राेफाइनान्स १०४.३९ अंकले बढेकाे छ ।

त्यस्तै, बैंकिङ ३.७५ अंक, हाेटल ०.२७ अंक, फाइनान्स ३.२७ अंक,  निर्जिवन लाइफ ५२.७८ अंक, लाइफ इन्स्योरेन्स १९.४२ अंक र सामूहिक लगानी कोष समूह ० अंकले घटेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीकाे शेयर कूल १४ करोड ७१ लाख ६२ हजार ९१३ बराबरको कारोबार भएको छ ।

        हेराैं आजकाे शेयर तालिका :

 

5e4d0326bd6b6.jpg 5e4d032b5c619.jpg 5e4d032fe395c.jpg 5e4d033628bb5.jpg 5e4d033f695b7.jpg 5e4d034412d70.jpg 5e4d03570c038.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको