Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरको बिग सेलमा बम्पर अफरहरू

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १६ : २६ मा प्रकाशित

रिचार्जरको बिग सेलमा बम्पर अफरहरू

अर्थ संसार, काठमाडौं – नेपालकै ठुलो ई कमर्स प्लेटफर्मका रूपमा स्थापित रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा पनि बिगसेल अफर संचालन गर्ने भएको छ । 

बिगसेलका दिन रिचार्जरले २२० रूपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रूपैयाँमा हेलीकप्टर राईड, २ हजार २० रूपैयाँमा टुर प्याकेज, २० हजार २० रूपैयाँमा अन्नपुर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइड, जस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।

यसैगरी, शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 

नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि काठमाण्डु उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरूमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रूपैंया बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ ।

ह्याप्पी आवर अन्तर्गत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरू पाउने छन् । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइन्छ । 

त्यसैगरी, जनवरी २० तारिखमा विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुनेछ । 

यस्तै, विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले पनि भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । 
अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको