Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालका लगानीकर्ताले एकैदिनमा कमाए ७०२ रूपैयाँ, अरु कम्पनीकाले कति कमाए ?

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १७ : ०९ मा प्रकाशित

बोटलर्स नेपालका लगानीकर्ताले एकैदिनमा  कमाए ७०२ रूपैयाँ, अरु कम्पनीकाले कति कमाए ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (बुधबार) केहि कम्पनीहरूकाे भाउ सर्किट लाग्ने गरी बढेकाे छ । बुधबार सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे लगानीकर्ताले १० प्रतिशतकाका दरले कमाएका छन् । 

यता बोटलर्स नेपाल तराईका लगानीकर्ताले एकैदिनमा ९.९९ प्रतिशतका दरले प्रतिकित्ता ७०२ रूपैयाँ कमाएका छन् ।

यस्तै, स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले ७८ रूपैयाँ प्रतिकित्ता, सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे लगानीकर्ताले १० प्रतिशतका दरले ९३ रूपैयाँ प्रतिकित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतका दरले ७६ रूपैयाँ प्रतिकित्ता, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले १०९ रूपैयाँ प्रतिकित्ता, हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले १२१ रूपैयाँ प्रतिकित्ता, साना किसान विकास बैंक लिमिटेडका लगानीकर्ताले ७.६२ प्रतिशतका दरले ९० रूपैयाँ प्रतिकित्ता, घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले ५ रूपैयाँ प्रतिकित्ता, सपाेर्ट माइक्राेफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले ७० रूपैयाँ प्रतिकित्ता र आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ६.४० प्रतिशतका दरले ३१ रूपैयाँ प्रतिकित्ता कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको