Like us!
Follow us!
Connect us!
Watch us!

नन्दीवाङखोला लघुजलविद्युतबाट करिव २ सय भन्दा बढी घरधुरी लाभान्वित

शुक्रबार, २७ फागुन २०७३, १४ : ०१ मा प्रकाशित

नन्दीवाङखोला लघुजलविद्युतबाट करिव २ सय भन्दा बढी घरधुरी लाभान्वित

अर्थ संसार 

बाबियाचौर (म्याग्दी)– म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । 

बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरेका छन् । 

परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २ सय १२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ । 

उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले रु दुई करोड १७ लाख ७९ हजार २६१ खर्च भएको आयव्यय विवरण सार्वजनिक गरेका थिए । 

रु एक करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजारबराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए । 

परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र/राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको रु ८१ लाख ९० हजार, मल्कवाङ गाविसको रु पाँच लाख ५६ हजार, जिविसको रु दुई लाख र ३, ४, ५ र ६ वडा र आमा समूह कोषको रु १३ लाख १० हजार लगानी भएको छ । 

परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले रु ५६ लाख ७० हजार २६१ चन्दा सङ्कलन गरेर जुटाएका थिए । 

परियोजना निर्माण भएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न, विद्युतीय सामग्रीको सहायताले आयआर्जनमूलक क्रियाकलाप गर्न सहज भएको स्थानीयवासी याममाया छन्त्यालले बताए  । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको