Like us!
Follow us!
Connect us!
Watch us!

होलिमा गर्ने फजुल खर्च बचाएर जीवन बिमा गर्नुहोस्, बचत बढ्नुका साथै जोखिम घट्नेछ

सोमबार, ३० फागुन २०७३, १० : ०६ मा प्रकाशित

होलिमा गर्ने फजुल खर्च बचाएर जीवन बिमा गर्नुहोस्, बचत बढ्नुका साथै जोखिम घट्नेछ

होलिको निहुमा मानिसले अन्डा फोड्नु जथाभावी रंग उडाने दल्ने साथीहरूसँग् रेस्टुरेन्टमा गएर हजारौं खर्च गर्ने गर्दैछन् । जसलेगर्दा केहिदिन पछि बिरामी भै अस्पतालको ढोका चाहार्नु पर्ने हुन्छ ।

त्यस्तो फजुँल खर्च बचत गरि आजै देखि बिमा गर्नुहोस् जसले गर्दा तपाईंको भविश्य उज्यालो हुनुका साथै   तपाइँको दिगो बचतको बाटो  खुल्दछ ।  

अनि जोखिम न्यनिकरणका लागि पनि ठूलो मद्धत गर्दछ  । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नु पर्छ ।  नेपालमा भने न्यून आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको पाइन्छ । 

बीमा गर्न उमेरले छेक्दैन । बच्चा जन्मेकै दिन उसको बीमा गर्न सकिन्छ । आमा वा वुवा मध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ । एउटै रकमले अभिभावक र बच्चा दुबैको बिमा गर्न सकिन्छ । 

नेपालमा जीवन बीमा गर्ने नौ वटा कम्पनी छन् ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका आठ कम्पनीले यो सेवा प्रदान गर्छन् । निजी क्षेत्रका कम्पनीमा नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटलाइफ एलिको, एसियन लाइफ, प्राइम लाइफ, गुराँश लाइफ र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं विमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नु पर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ ।

त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ। अहिले त झनै कम्पनीहरुले कम आय भएकाहरूको लागि लक्ष्यित गरि लघु बिमा योजना ल्याएका छन ।

 दुई  लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने विचमा कुनै दुर्घटना भए चार लाख र पैसा तिरेको अवधि सम्मको बोनस पाईन्छ ।भवितब्य आएन भने अवधि सकिएपछि तपाईले तिरेको सबै पैसामा कम्पनीले दिने बोनस जोड्दा लगभग दोब्बर रुपैयाँ फिर्ता हुन्छ । जस्तो २ लाख रुपैयाँको बीमा गर्दा अन्त्यमा झन्डै ४ लाख रुपैँया फिर्ता पाईन्छ । यसमा बिमा योजना र अबधि मा केही रकम तलमाथि हुन्छ ।

 दसैं, तिहार , होलि जन्म दिन आदिमा हुने फजुल खर्च घटाए   बीमा गर्न पुग्छ मेरो मत्लब चाडपर्व नमनाउनु भन्ने चाइ हुदै होइन फजुल खर्च कम गर्नु मात्रै भनेको हो । जीवन बिमा गर्न पैसा होइन सोचाइमा परिवर्तन आबश्यक देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको