Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो पटक नेपालमा भारत र पाकिस्तानका रेस्लर भिड्दै

आइतबार, २५ फागुन २०७६, ११ : १७ मा प्रकाशित

पहिलो पटक  नेपालमा भारत र पाकिस्तानका रेस्लर भिड्दै

अर्थ संसार काठमाडौं । नेपाल महिला रेस्लिङ संघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने  बताएकाे छ । त्यस मैत्रिपूर्ण रेस्लिङमा पहिलो पटक भारत  र पाकिस्तानका पुरुष रेस्लर भिड्ने बताइएकाे छ।

भारतका गोपाल शर्मा र पाकिस्तानका बार्ड कोबुले मैत्रीपूर्ण रेस्लिङमा प्रतिस्पर्धा गर्ने नेपाल महिला रेस्लिङ सघकी संस्थापक अध्यक्ष भगवती खड्काले बताउनु भयो ।

सोही दिन नेपालका महिला रेस्लरहरुबीच पनि मैत्रिपूर्ण खेल हुने खड्काले बताउनुभयो । नेपालका चर्चित महिला रेस्लर जुरेली, आकृती, गिता जिरेल, जमुना तामाङ, शान्ता धामीले सोही दिन प्रतिप्रर्धा गर्ने छन् ।

फागुन २६ गते गर्ने भनिएको खुल्ला अन्तराष्ट्रिय महिला रेस्लिङ कोरोना भाइरसका कारण स्थगित भएपछि खेल सद्भावका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको