Like us!
Follow us!
Connect us!
Watch us!

आज र भोली शेयर बजार बन्द हुने

आइतबार, २५ फागुन २०७६, ११ : ४१ मा प्रकाशित

आज र भोली शेयर बजार बन्द हुने

अर्थ संसार काठमाडौं  - आइतबार र सोमबार सेयर बजार बन्द हुने भएको छ । दुवै दिन सरकारी बिदा परेकाले कारोबार बन्द हुने नेप्सेले जानकारी दिएको हो। अाइतबार ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरीएकाे छ । सोमबार होली पर्व को लागि सरकारले उपत्यकासहित पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ । यो सँगै नेप्सेको कारोबार मंगलबार देखि मात्रै बजार खुल्ने भनिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको