Like us!
Follow us!
Connect us!
Watch us!

देशमा १० महिनासम्म  पुग्ने नुन छ :साल्ट ट्रेडिङ

आइतबार, २५ फागुन २०७६, १४ : १७ मा प्रकाशित

देशमा  १० महिनासम्म  पुग्ने नुन छ :साल्ट ट्रेडिङ

अर्थ संसार, काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपललाइ पुग्ने नुन तथा अत्यावश्यकीय वस्तुको भण्डारण रहेको बताएकाे छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।

नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बजारमा सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा ध्यानाकर्षण भएको कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठले बताइन् ।  कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन  भण्डारण रहेकाे उनले बताइन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको