Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, १४ : २८ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने

अर्थ संसार, काठमाण्डौं - त्रिभुवन विश्वविद्यालयले कुनै पनि परीक्षा तत्काल नराेक्ने गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारणले कुनै सङ्कटकाेअवस्था नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसै चैत ७ गते देखि शुरु हुने विभिन्न सङ्कायका परीक्षाको तयारी पूरा भइसकेको जोशीले भने ।

परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन’, नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।’

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए ।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि यस स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।

त्रिविले परीक्षाका लागि बिहीबार देखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको जोशीले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न निर्देशन दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको