Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा

अर्थ संसार

बुधबार, २८ फागुन २०७६, २० : ३९ मा प्रकाशित

कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा

अर्थ संसार, काठमाडौं -कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो १२१औ   र १२२औ  शाखा कार्यालयहरु स्थापना गरी कारोबार समुद्घाटन गरेको छ ।

इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख  राजन मेहता  तथा बैंकका संचालक  चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

नशा शेयर बजारको, पेशा वकिल भएका शेयर विश्लेषक कञ्चन कृष्ण न्यौपाने भन्छन् नेप्से ३००० देखि ३५०० पुग्छ,यस्ता देख्छन आधारहरु (भिडियो अन्तरवार्ता) 

यसैगरी इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष  मोहन निरौला तथा बैंकका संचालक  चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको