Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेशमा  पहिलो पटक फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १० : ५८ मा प्रकाशित

कर्णाली प्रदेशमा  पहिलो पटक फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

अर्थ संसार, काठमाडौं –– कर्णाली प्रदेशमा पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयार भएकाे छ ।यस कार्यका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको हाे ।
कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको उक्त परियोजनाले उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गर्नेछ । यस परियोजनाबाट वीरेन्द्रनगरका करिब १३०० घरधुरी लाभान्वित हुनेछन् ।

विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ र नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्षभित्रै परियोजना सम्पन्न हुने बताए । ‘फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गर्न सकिने छ, वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ,’  भने । परियोजना निर्माणबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत रहेकाे छ ।
नगरपालिकाका अनुसार विश्व बैंकसमेतको सहयोगमा सो केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ । बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले जुटाउनुपर्नेछ ।
डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने यो परियोजना २० वर्ष अवधिको पछि  सम्झौता अनुरूप  परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालनपश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । परियोजना सञ्चालन गर्न रु १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान  छ ।
कच्चा पदार्थको रूपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट सङ्कलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उत्पादन हुने जैविक फोहरसमेत उपयोग गरिनेछ ।
परियोजनाका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गर्न सकिने पनि बाताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको