Like us!
Follow us!
Connect us!
Watch us!

पैसा छाेए पछि हात धुन पर्ने चिकित्सककाे सुझाब

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १५ : ५० मा प्रकाशित

पैसा छाेए पछि हात धुन पर्ने चिकित्सककाे सुझाब

अर्थ संसार, काठमाडौं – कोरोना भाइरसको संक्रमण बढिरहेकाे बेला केही समयअघि चिनियाँ बैंकहरुले धमाधम नोट धुनुका साथै तिनलाई संक्रमणरहित बनाएका थिए।

यसै संर्दभमा जोन्स हप्किन्स युनिभर्सिटीस्थित सेन्टर फर हेल्थ सेक्युरिटीका वरिष्ठ विद्वान डा. अमेश अदल्जा भने नोटबाट सर्ने भाइरसप्रति धेरै चिन्तित नहुन सुभझाब दिन्छन्।

‘यो भाइरस श्वासप्रश्वास मार्फत सर्ने गर्छ। त्यसैले यो खोकी, हाच्छ्युँ र शरीरबाट निस्किने र्‍यालसिंगान, आदिबाट सर्छ,’ उनी भन्छन्, ‘यो कुनै पनि चीजसको सतहमा टाँसिएर अर्को मानिसमा सर्न सक्छ। तर, त्यो सर्ने मुख्य तरिका होइन।’

उनले भने ‘खासगरी म चाहिँ नोट वा सिक्काबाट भाइरस फैलिने विषयमा धेरै चिन्ता लिन्नँ,’ ।

तर पनि पैसा छाेए पछि हात धुन उनले सचेत गराएका छन्।

अब्बल बन्दै प्राइम कमर्सियल बैंक।एकिकृत शुभारम्भको अवसरमा कैलाश र प्राइम बैंकका संचालकले भने यस्तो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको