Like us!
Follow us!
Connect us!
Watch us!

के चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि काेराेना संक्रमित हुन् त ?

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १६ : ४३ मा प्रकाशित

के चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि काेराेना संक्रमित हुन्  त ?

अर्थ संसार, काठमाडौं – कोरोना भाइरसको प्रभावले विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।

आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हाल डेनिलीको उपचार भइरहेको छ। गत आइतबारमात्र इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले एक सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। उनीसँगै तस्बिरमा रोनाल्डोलाइ पनि देख्न सकिनछ ।

कोरोना प्रमाणित हुनपूर्व डेनिलीसँग रोनाल्डोसहित अन्य खेलाडीले एकै ड्रेसिङ रुमको प्रयोग गरेका थिए ।

हाल रोनाल्डो मादेरास्थित घरमै छन्। हाल डेनिलीसँग सम्पर्कमा रहेका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिनु पर्ने आवाजहरु उठ्न थालेको छ।

युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको