Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड-१९ को संन्त्रासमा पूँजीबजार, कारोबार समय बढाउने होईन घटाउन तर्फ पहल गरियोस्

शुक्रबार, ३० फागुन २०७६, १० : ०० मा प्रकाशित

कोभिड-१९ को संन्त्रासमा पूँजीबजार, कारोबार समय बढाउने होईन घटाउन तर्फ पहल गरियोस्

बिगत तीन महिनादेखि चिनको वुहान शहरबाट सुरु भएको (कोभिड–१९) ले विश्व नै त्राहिमाम त्राहिमाम भईरहेको छ । पछिल्लो समयमा यो भाईरसलाई चिनले नियन्त्रणमा लिन सके पनि अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा दैनिक पिरामिड टाईपले यो भाईरस ग्रोथ भैरहेको छ ।

हाम्रो जन जीवनसँग प्रत्यक्ष सरोकार रहेको छिमेकी मित्रराष्ट्र भारतले समेत भिषामा रोक लगाई सकेको अबस्था छ । विश्वकै जनजिवनलाई निहाल्ने हो भने यो भाईरसले कुन मुलुकमा कति असर गर्छ भनेर अहिले नै भन्न सकिने अबस्था छैन । नेपालमा नआउला तर पनि हामी आनन्दले सुत्न सकौला जस्तो मलाई लागेको छैन । दुनिया भरमै आर्थिक कारोबारमा निकै कमि आई सकेको छ ।

१६ लाख भन्दा बढी लगानीकर्ताको यदी हित चाहनुहुन्छ भने समय किमार्थ नबढाईयोस्, बरु यो भाईरस उन्मूलन नहुन्जेल सम्मको लागि कारोबार समय २ घन्टा (१२-०२ ) गर्नको लागी हार्दिक अपिल गर्न चाहन्छु ।

यसको सिकार दुनिया भरका पूँजी बजारमा परिसकेको तथ्य हामि सामु छर्लंगै छ । हिजोको मात्रै भारतको पूँजी बजारलाई नियाल्ने हो भने सेन्सेक्स–३० भारतिय ईतिहासमै अहिले सम्मको धेरै २९१९ अंकले गिरावट आई ४० हजार भन्दा माथी रहेको सेन्सेक्स–३०, ३२ हजारको हाराहारीमा आई पुग्यो ।

सम्पूर्ण विश्व समुदायनै आक्रन्त भैरहेको अहिलेक विषम परिस्थितीमा हामी सामू रहेको पूँजीबजारको समय बढाउने भन्ने बहस आफैमा यूक्ति संगत नहुने मेरो ठहर छ । म स्वयम् पूँजीबजारको बिकास र बिस्तारको लागि देश दौडाहमा छु । हाल म प्रदेश नं– १ को दमकमा छु ।

यहीबाट नियामक निकायमा बस्नुहुने उच्च पदस्थहरुलाई म के भन्न चाहन्छु भने यस्तो परिस्थितीमा १६ लाख भन्दा बढी लगानीकर्ताको यदी हित चाहनुहुन्छ भने समय किमार्थ नबढाईयोस्, बरु यो भाईरस उन्मूलन नहुन्जेल सम्मको लागि कारोबार समय २ घन्टा (१२-०२ ) गर्नको लागी हार्दिक अपिल गर्न चाहन्छु ।

अन्तमा, चिकित्सकिय भनाई अनुसार यो बिषम परिस्थिती सधैकालागि नरहने र गर्मि चढेसँगै यो प्रकोपको अन्त्य हुने हुँदा आम लगानिकर्ता मित्रहरुलाई यस्तो परिस्थितीमा धैर्य नगुमाउनु हुन र राम्रा–राम्रा कम्पनीको सेयरहरु गुन्द्रुकको मूल्यमा नफ्याक्नु हुन हार्दिक आब्ह्वान गर्न चाहन्छु । म आज नै प्रदेश नं– १ को कार्यक्रम छोट्याउदै राजधानी प्रबेश गरी माननिय अर्थमन्त्री डा– युवराज खतिवडा समक्ष सम्पूर्ण ब्यहोरा जगराहेर गराउने नै छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको