Like us!
Follow us!
Connect us!
Watch us!

सय रुपैयाँमा किनेको शेयर अहिले ८०/९० मा कारोबार भैरहेको छ, यो घाटा कसले व्यहोर्ने: कुबेर श्रेष्ठ (भिडियाे)

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, ११ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- लगानीकर्ता कुबेर श्रेष्ठले शेयर बजार अथवा बैंकिङ क्षेत्र र फाइनान्सेल क्षेत्रकाे अहिलेकाे अवस्थालाई हेर्दा धेरै कुराहरू विकास गर्नु पर्ने बताएका छन् ।

अर्थ संसारसंग कुरा गर्दै श्रेष्ठले भने हामिले आफ्नो छिमेकी देश चाइना र भारतको इन्डेक्स र त्यहाँको बजारको व्यवस्था हेरेर पनि हामीहरुले के सिक्नु जरुरी छ भने जबकी बमबे स्टक इक्सचेन्जको ३६ हजार चानचुनको इन्डेक्स पुग्ने हाम्रो नेपालको १२ सयको रेन्जमा अहिले बसिरहँदा सारा नेपाली शेयरधनीको
 आठ अरब भन्दा बढि पैसा शेयरधनीले गुमाइसकेका छन् । तर यस्तो अबस्थामा पनि न त सरकारी तवरबाट,न पब्लिक संस्थाले बोलेको देखिन्छ । हाम्रो यती पैसा नोक्सान भैसक्यो भन्ने बुझेर अब यो शेयर बजारलाई चाहिने कुराको सुविधा दिएर र आवश्यक कुरामा सुधार गरेर अघि लग्यौ भने हाम्रो शेयरबजार पनि ग्रो गर्न सकिन्छ भन्ने योजनामा बनाउन जरुरी छ ।

पहिलो प्राथमिकता नेपाल सरकार र राष्ट बैंकले पनि सोच्न आवश्यक छ र अन्त्यमा सेक्युरीटी बोड र स्टक इक्सचेन्जले पनि के गर्दा शेयरधनीले लगानी गरेका पैसाको राम्रो प्रतिफल पावस भन्ने बारे सोच्नु पर्छ। नेपाल सरकारले बिग्रेको र भागेको कम्पनीहरुमा डुबेको पैसा असुलउपर गराइनु पर्छ। सबै शेयरधनीहरु जसले लगानी गरेका छन् साधारण सभाहरुमा हाजिर हुनुपर्छ यसो गर्दा सबैलाई फाइदा हुने श्रेष्ठ बताउछन्।  


हेर्नुहोस् भिडियो 

उँहाले एक जना अमेरिकी व्यक्ति वारेन बकेट र विश्वका धनी व्यक्ति विल गेटको प्रसंग जोड्दै भने हरेक बैंठक र छलफलमा सबै शेयर धनीले भाग लिनु जरुरी छ । उँहाका अनुसार यसबारे हाम्रो नेपालमा जनचेतना फैलाउन अत्यन्त जरुरी रहेकाे छ।

सय रुपैयाँमा किनेको शेयर अहिले ९० रुपैयाँमा अथवा ८० रुपैयाँमा कारोबार भैरहेको छ, अब यो घाटा कसले व्यहोर्ने, हामी त्यसै घाटामा छौ ।

श्रेष्ठले राम्रो सँग कुरा नबुझी हल्लाको भरमा शेयरमा लगानी नगर्न सुझाब पनि दिएका छन् र साथै उनले सरकार लाई पनि यस्ता कम्पनीहरुलाई नियमन गर्न सुझाब दिएका छन् । सबै मिलेर यो क्षेत्रमा जति पनि खराबी र विसंगति हुदै आएका छन्, ती सबैलाई नियन्त्रण गर्नु पर्ने समेत बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको