Like us!
Follow us!
Connect us!
Watch us!

नायक आयूष्मान बने डीएसके (देशराज, श्रेष्ठ, कार्की)भने नायिका प्रियंका डीएस जोशी बिनिन्न

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १३ : ४९ मा प्रकाशित

नायक आयूष्मान बने डीएसके (देशराज, श्रेष्ठ, कार्की)भने नायिका प्रियंका  डीएस जोशी बिनिन्न

अर्थ संसार, काठमाडौं- नव विबाहीत नायिका प्रियंका कार्की र नायक आयूष्मान देशराज जोशीले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् । दुवैले आफ्ना बुवा/आमा र श्रीमान/श्रीमतीको पहिचान धारण गर्न खोज्दा ४ वटा थरको भारी बोक्नुपरेको हो ।

बिहेलगतै आफ्नो इन्टाग्राम अकाउन्टमा प्रियंकाले आयूष्मानको थर थपेकी थिइन् । भने आयूष्मानले पनि प्रियंकाको थर जोडेका छन् ।

आयूष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् र आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयूष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयूष्मानको नाममा ‘देशराज’ उन्कै मावली हजुरबाबाट आएको हो ।

रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयूष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयूष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको