Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति

विहीबार, २० असोज २०७३, १५ : १९ मा प्रकाशित

जनता बैंकले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति


अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले जनता बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । जनता बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्ब ३ करोड बराबर १ करोड ३ लाख कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति माग्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डले बुधबार स्वीकृति प्रदान गरेको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । 

जनता बैंकको चूक्ता पूँजी २ अर्ब ६ करोड रहेको छ । बैंकले अघिल्लो बर्षदेखिकै बोनस वितरण गरेको छैन । बैंक दुई बर्षको नाफाबाट गरी राम्रै बोनस दिनसक्ने अबस्थामा छ । बैंकले गत आर्थिक बर्ष प्रति सेयर आम्दानी १५ रुपैयाँ गरेको थियो । त्यसअघिको बर्ष बैंकको प्रति सेयर आम्दानी ७।३४ थियो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको