Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकभर नै हट्यो लोडसेडिङ

बुधबार, ०२ चैत्र २०७३, १२ : ४६ मा प्रकाशित

मुलुकभर नै हट्यो लोडसेडिङ

अर्थ संसार 
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आजदेखि देशभर नै लोडसेडि अन्त्य गरेको छ । माध्यामिक परीक्षालाई लक्षित गरेर प्राधिकरणले लोडसेडि हटाएको जनाएको छ ।

केन्द्रीय प्रसारण प्रणालीमा एक हजार २८५ मेगावाट विद्युत्को माग भएपनि प्राधिकरणले सबै संयन्त्र परिचालन गरेर लोडसेडिङ अन्त्य गरेको हो । प्राधिकरणले यस अवधिमा बढी विद्युत् खपत गर्ने कुनै पनि उपकरण नचलाउन, बढी प्रकाश दिने एलइडी बल्ब प्रयोग गर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

प्राधिकरणले यसअघि काठमाडौँ, कास्की, चितवनलगायतका जिल्लामा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरेको थियो । औद्योगिक फिडरमा भने साँझको समयमा चार घन्टा विद्युत् कटौती गर्दै आएको थियो ।
अन्य जिल्लामा पनि बढीमा एक घन्टा मात्रै विद्युत् कटौती हुँदै आएको थियो ।

नदीमा जलप्रवाह बढेको तथा भारतबाट पनि उल्लेख्य मात्रामा विद्युत् आपूर्ति भएकाले लोडसेडिङ अन्त्य गर्न सकिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले माध्यमिक शिक्षा परीक्षलाई केन्द्रमा राखेर विद्युत् कटौतीको अन्त्य गरेको जानकारी दिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको