Like us!
Follow us!
Connect us!
Watch us!

हिंदी फिल्म ''कोरोना प्यार है''बन्ने तयारी

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १५ : ११ मा प्रकाशित

हिंदी फिल्म ''कोरोना प्यार है''बन्ने तयारी

अर्थ संसार, काठमाडौं – कोरोना भाइरसकाे कारण कतिपय देशमा संकटकाल घोषणा भएको बेला, विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई महामारीको संज्ञा दिएको छ । तर यसै मौकाकाे फाइदामा उठाउदै हिंदी फिल्म उद्योगले यसबारे फिल्म बनाउने तयारी गरिरहेको छ ।

दिल्ली टाइम्समा आएको एक रिपोर्टअनुसार बाजिराव मस्तानी, तनु वेड्स मनु रिटन्र्स, बदलापुर फिल्म निर्माण गरेको इरोज इन्टरनेसनल कम्पनीले नै यस बारे फिल्म बनाउन लागेको हो । उक्त फिल्मकाे नाम ''कोरोना प्यार है''रहने छ ।  

याे फिल्म नै विश्वमा कोभिड १९ को नाममा बन्न लागेको पहिलो फिल्म हुने भएको छ ।

तर,अहिले काम चलिरहेको र यसको योजना बनाउन केही दिन लाग्ने भएकाले यो फिल्ममा अभिनेता तथा अभिनेत्री फाइनल नभइसकेको निर्मार्ता क्रिशिका लुल्लाले बताएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको