Like us!
Follow us!
Connect us!
Watch us!

सिरहा प्रहरीले ३ हजार लिटर बढी मदिरा नष्ट गर्याे

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १४ : २३ मा प्रकाशित

सिरहा प्रहरीले ३ हजार लिटर बढी  मदिरा नष्ट गर्याे

अर्थ संसार, काठमाडौं – धनुषामा घरेलु मदिरा सेवनबाट दर्जन बढी मानिसको ज्यान गएपछि सिरहामा प्रहरीले शनिबारदेखि मदिरा नष्ट अभियान सुरू गरेकाे छ।अभियानअन्तर्गत शनिबार र आइतबार गरी दुई दिनमा प्रहरीले ३ हजार ४०२ लिटर तयारी मदिरा र ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरेको छ।

त्यसैगरी १३१ थान भाडावर्तन, १५ वटा मदिरा बनाउने मेसिन र १४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

एसपी चतुर्वेदीका अनुसार घरेलु मदिरा नष्ट गर्न जिल्ला भरिका प्रहरी युनिटलाई गाउँगाउँमा खटाइएको छ । भट्टी भत्काउने, मदिरा नष्ट र संग्लन व्यक्तिलाई नियन्त्रणमा लिने कार्य भइरहेको छ । पक्राउ परेकालाई आन्तरिक राजश्व कार्यालय लहानमा बुझाइएको जानकारी गराए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको