Like us!
Follow us!
Connect us!
Watch us!
प्राधिकरणको संरचनाले धान्दैन अबको माग

लोडसेडिङ अन्त्य पछि पनि किन पटक पटक जान्छ विद्युत्

विहीबार, ०३ चैत्र २०७३, ०९ : ०० मा प्रकाशित

लोडसेडिङ अन्त्य पछि पनि किन पटक पटक जान्छ विद्युत्

अर्थ संसार 

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको संरचना पूरानो भएका कारण सामान्य चट्याङ पर्दा समेत प्रणालीमा चरम समस्या खडा हुने गरेको छ । परम्परागत संरचना एवम् लापरवाहीका कारण प्राधिकरणले वितरण गरेको विद्युत् प्रणाली प्रभावकारी एवम् वैत्रानिक हुन सकेको छैन ।

पछिल्लो दिनमा मात्रै प्राधिरकणको संरचनामा पचास भन्दा बढी समस्या आएका छन् । सामान्य चट्याङका कारण फिडर केवल जल्ने, अर्थिङ स्टेशनको बेवल जल्ने तथा अन्य संरचनामा समस्या आउने गरेको छ ।

गत फागुनमा मात्रै प्राधिकरणको देशभर एक सय भन्दा बढी समस्या आएको छ । पञ्चालयतकालमा निर्माण गरिएको सामान्य संरचनामा हालसम्म मर्मत हुन नसक्नु, बढ्दो शहरीकरण तथा बस्ती विकासलाई ध्यान दिएर संरचना बनाउन नसक्नु जस्ता समस्याका कारण जनता पछिल्लो दिनमा आहात भएका छन् ।

प्राधिकरणका कर्मचारीले पनि ऊर्जा मन्त्री, प्राधिकरणका प्रबन्ध निर्देशकलाई असफल बनाउने नियतका साथ काम प्रभावकारी नगरेको हो कि भन्ने कोणबाट पनि चर्चा परिचर्चा हुन थालेको छ । प्राधिकरणकै तथ्यांकअनुसार राजधानीमा मात्रै पचास भन्दा बढी स्थानमा समस्या आएको छ ।

त्यसमा विशेष गरी अर्थिङ केवल जलेको, फिडरमा समस्या भएको पाइएको छ । बबरमहल , बानेस्वर, बालाजु, स्यूचाटार क्षेत्रमा सबैभन्दा बढी समस्या आएको छ । डेडिकेडेट फिडरमा नै समस्या आउने गरेको छ ।

प्राधिकरणले भने स्मार्ट मिटर र स्मार्ट ग्रीडमा जानै पर्ने वाध्यता आइपरेको बताएको छ । प्राधिकरणको संरचनामा एक पछि अर्को समस्या आउन थालेका कारण स्मार्ट मिटर र स्मार्ट ग्रीड जरुरी रहेको भन्दै प्राधिकरणले त्यसको तयारी गरेको जनाएको छ ।

वितरण प्रणाली एकदमै अव्यवस्थित रहेको छ । आवश्यकताका आधारमा निर्माण गरिएका वितरण प्रणाली एवम् ग्रीड प्रणालीले आगामी माग धान्न सक्दैन ।

 थप एक हजार मेगावाट विद्युत् प्रणालीमा जोडिने वित्तिकै राजधानीका अधिकाशं प्रसारण प्रणाली, ट्रान्समिटर जल्ने र नागरिकले घरमा जडान गरेको केवल तथा वाइरिङ समेत जल्ने देखिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सो समस्या आउने देखिएको छ । तर प्राधिकरणको हालसम्मको तयारी भने शुन्य प्राय रहेको छ । उपभोक्ताले इन्डक्सन हिटरमा खाना पकाउन खोजे भने गत सालको नाकाबन्दीमा जस्तै राजधानीका धेरै ट्रान्सफर्मर र वितरण केवल जल्नेछन् ।

प्रसारण प्रणाली, वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न विशेष पहल गर्नुपर्ने आवाज नीजि क्षेत्रले उठाउँदै आएका छन् । नीजि क्षेत्रले निर्माण गरेका साना तथा मझौला आयोजनामा उत्पादन भएको विद्युत् सहज रुपमा उपभोक्ताको घरसम्म पु¥याउने दायित्व प्राधिकरणको हो ।

तर प्राधिकरणले वितरण प्रणालीलाई सुधार गर्ने, उपभोक्तालाई विशेष राहत दिने तर्फ सोचेको छैन । जसक कारण लोडसेडिङ अन्त्य भएपनि उपभोक्ताले सहज रुपमा विद्युत् सेवा पाउन सकेका छैनन् । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले पूराना संरचनाका कारण केही समस्या आएको स्वीकार गरे ।

उनले भने केही समस्या भने छन्, त्यसलाई समाधान गर्न र सहज रुपमा उपभोक्तालाई विद्युत् सेवा पु¥याउन अब स्मार्ट ग्रीड र स्मार्ट मिटरमा नगई सुखै छैन, त्यसको तयारीमा प्राधिकरण लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको