अर्थ संसार,काठमाडौं–काठमाडौं उपत्यकाका निश्चित  स्थानमा लगातार ४ दिन बत्ती जाने भएको छ।
जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोकारणले ४,५ ,६ र ७ गते विहान ९ बजेदेखि साँझ ४ बजेसम्म सट डाउन गर्नु पर्ने भएको हो।
नेपाल विद्युत प्रधिकरणले सूचना जारी गर्दै उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ गरिएका क्षेत्रहरुमा बत्ती नहुने भएकाे हाे।
निर्धारित समय अघि नै अपग्रेडिगं कार्य सम्पन्न भएमा सो समय भन्दा अगाडी लाइन सुचारु हुनसक्ने प्राधिकरणले जानकारी गरेको छ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस