Like us!
Follow us!
Connect us!
Watch us!

सौराहामा सिटीहल बन्ने, लागत ३५ करोड

अर्थ संसार

बुधबार, ०५ चैत्र २०७६, ०८ : १९ मा प्रकाशित

सौराहामा  सिटीहल बन्ने, लागत  ३५ करोड

अर्थ संसार,चितवन -चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ ।   रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताउनुभयो । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ ।

 शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताउनुभयो । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण शुरु गरेको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण, उपप्रमुख विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको