Like us!
Follow us!
Connect us!
Watch us!

किन जोडिन्छ पुँजीबजारसँग अर्थमन्त्री डा. खतिवडालाई ?

सोमबार, १० चैत्र २०७६, १० : ०० मा प्रकाशित

किन जोडिन्छ पुँजीबजारसँग  अर्थमन्त्री डा. खतिवडालाई ?

पछिल्लो समयमा शेयर बजारलाइ अर्थमन्त्रि डा. खतिवडसँग जोडेर हेर्ने गरिन्छ । अहिले पनि शेयर बजारका लगानिकर्ताहरुको मनोबिज्ञानलाई नियाल्दा नेप्से उकालो ओरालो लाग्यो कि अर्थमन्त्रि डा. खतिवडाको अनुहार सम्झिने गरेको लगानिकर्ताहरु बताउँछन । त्यसोत नेकपाको बहुमतको सरकार भन्ने सरकारको अर्थमन्त्रि बने सँगै शेयर बजारको बारेमा बिवादास्पद अभिब्यक्ति दिने गर्नाले शेयर बजारमा तरंग ल्याउने गरेको थियो ।

कतिपय लगानिकर्ताहरुको भनाइमा डा. खतिवडाले शेयर बजारको बारेमा दिने अभिब्यक्तिहरुले शेयर बजारमा खतिमात्र हुने गरेको पनि बताउँने गरिरहेका छन । शेयर बजार प्रति डा. खतिवडाको धारणा तथा संकुचने सोचले शेयर बजारम नकारात्मक प्रभाब पार्ने गरेको कतिपय लगानिकर्ताहरुको भनाइ रहेका छन ।

 सरकारमा अर्थमन्त्रि डा.खतिवडाको २ बर्षे कार्यकालमा शेयर बजार नकारात्मक रहे भन्दापनि फरक नपर्ला । यसकारण डा खतिवडालाई मान्नेहरु नभएका होइनन ।

यसकारणले पनि केहि शेयर बजारका तथा कथित शेयर लगानिकर्ताहरुको नेताहरुले अर्थमन्त्रि डा. खतिवडाको राजिनामा मागेर अनशन आमरण अनशन समेत बसे । एक जना लगानिकर्ताले त अर्थमन्त्रि डा. खतिवडाको अनुहार  देख्यो भने हिन्दि चलचित्र शोलेको गब्बर सिंहको सम्झणा आउछ भनेर ठट्टा पनि गर्न भ्याय । तर,पनि शेयरबजार उकालो र ओरालो लाग्नेलाइ अर्थमन्त्रिसंग जोडेर हेर्ने न्यायोचित नभएको पनि कतिपयको भनाइ रहेका छन । समग्र शेयर बजारलाई ब्यक्तिसँग जोड्न नहुने भनाइ पनि सरोकारवालाहरुका रहेका छन ।

केही शेयरबजारका लगानिकर्ताहरुले त डा. खतिवडालाइ शेयर बजारको भिलेन नै मानेका छन । त्यसोत अर्थमन्त्रि डा. खतिवडाको सरकारमा राष्ट्रिय सभामा सांसद पद को २ बर्ष कार्यकाल समाप्तिको संघारमा नेप्से एकाएक उच्च अंकले उकालो लागेको थियो । राष्ट्रिय सभामा बामदेब गौतम मनोनित हुने र डा. खतिवडाको बहिगमन हुने संम्भावनाको समाचार आएपछि नेप्से मा हरियो छाएको थियो । एक हप्तामा नै नेप्से लगभग २ सय अंकले उकाला लागेको थियो भने कारोबार रकमले पनि इतिहासनै रचेको थियो ।
एकै दिनमा साँढे ४ अर्बको कारोबार भएको थियो । तर, पछि डा खतिवडा नै अर्थमन्त्रिमा दोहोरिने समाचार अएपछि नेप्से ९६ अकले ओरोलो लागेको थियो यसलाइ सयोग मात्र भनौ वा लगानिकर्ताहरुको अपरिपक्वताले भनौ त्यसोत शेयरबजारमा हल्लाले पनि काम गरेका हुन्छन् ।

कतिपयको भनाइमा शेयरबजारमा कारोबार अर्थमन्त्रिलाइ हेरेर अर्थमन्त्रिको अनुहारलाई सम्झेर शेयरको कारोबार गर्ने होइन भनेर पनि भन्ने गरेका छन । तर पनि कतिपय अबस्थामा अर्थमन्त्रिको अभिब्यक्ति अर्थमन्त्रिको शेयर बजार प्रतिको धारणा सरकार राज्य नियामक निकायहरुको निति निर्देशनले पनि शेयर बजारमा सकारात्मक नकारात्मक प्रभाबहरु पार्ने गरिन्छ । यसमा दुइमत नहोला ।

शेयर बजारको बिगतको इतिहासलाई हेर्दा पनि देशमा आएको राजनितिक परिबर्तन सरकार परिबर्तन अर्थमन्त्रिको परिबर्तन अर्थमन्त्रिको शेयरबजार प्रतिको धारणा सोच बिचार आदिले पनि शेयर बजार उथलपुथल हुने गरेका छन भन्दा पनि फरक नपर्ला । त्यसोत शेयरबजारमा प्रभाब पार्ने बिबिध कारणहरु हुन्छन् नै कतिपय अबस्थामा हल्लाले र शेयरबजारमा हुने चलखेलले पनि शेयर बजारमा प्रभाब पार्ने गरेका छन ।

कतिपय अबस्थामा शेयर बजारका केहि ब्रोकरहरुको मिलोमतोमा शेयरबजारलाई आफअन बनाउनको लागि चलखेल गर्ने जमात नै रहेको चर्चा पनि शेयर बजारमा चल्ने गरेका छन् । यस्ता जमातहरुलाई केहि  शेयर ब्रोकर कम्पनिहरुले पनि साथ दिने गरेको बताउँछन केहि जानकारहरु तर ब्रोकर कम्पनिहरु भने यसलाइ मान्न तयार छैनन । तर पनि हावा नचलि पात हल्लिदैन भन्ने उखानपनि त छनी  सो ।

अर्थमन्त्रि डा खतिवडाले शुरुशुरुरुमा दिने गरेका बिवादास्पद अभिब्यक्तिको कारणले अहिले सम्मपनि शेयर बजारलाई डा खतिवडासँग जोडेर हेर्ने गरिरहेका छन । त्यसोत पछिल्लो समयमा डा खतिवडा शेयरबजार प्रति नरम र सकारात्मक भएको देखिन्छ । यो शेयर बजारको लागि सकारात्मक पक्ष हो ।त्यसोत कतिपयको भनाइमा सरकार अर्थमन्त्रि शेयरबजार मैत्रिहुन सकिरहेको छैन भनेर पनि भन्ने गरिरहेका छन ।

नेपालको शेयर बजारमा १५ लाखभन्दा बढि लगानिकर्ताहरुको खर्बौ रकम लगानि रहेका छन । सरकार अर्थमन्त्रि नियामक निकाहरुले लगानिकर्ताहरुको लगानि सुरक्षित हुने बातावरण भने बनाइदिन पर्ने हुन्छ भने लगानिकर्ताहरु पनि हल्लाको पछि बैकण्ठ मानान्धर जसरी दौडिने गर्नुहुँदैन लगानिकर्ताहरु स्वयम सचेत र जानकार हुन पर्दछ । तर शेयरबजारलाई लगानि मैत्री बातावरण बनाउने काम भने सरकार राज्य अर्थमन्त्रि स्वयमको र नियामक निकायहरुको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको