Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा स्यानिटाईजर स्टेशन राख्ने

निशा हुमाँगाई

बुधबार, ०५ चैत्र २०७६, १० : ४९ मा प्रकाशित

नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा स्यानिटाईजर स्टेशन राख्ने

 अर्थ संसार, काठमाडौं – नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

कुनै पनि भाइरसबाट जोगिन सरसफाईमा विशेष ध्यान जान आवश्यक हुन्छ । त्यसमाथि पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण चिकित्सकले पटकपटक हात धुन सुझाव दिइरहेका छन् । कहिले काहीँ हात धुने तरिका नजान्दा पनि भाइरसको जोखिम हुन्छ नै । 

यसै कुरालाई मध्यनजर गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको महामारी विरूद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको हाे ।

 नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्रयूलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन् । संयोजक भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरि ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ ।

एक हप्तासम्म चल्ने यो अभियानबाट काठमाडौं उपत्यकाका लाखौँ जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने नेपाल स्काउटको लक्ष्य रहेको बताइएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको