Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्षमाथि कुटपिट

अर्थ संसार

विहीबार, ०६ चैत्र २०७६, ०७ : ४६ मा प्रकाशित

अध्यक्षमाथि कुटपिट

अर्थ संसार, जुम्ला-जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय  देवीकृष्ण शर्माले कुटपिट गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी  प्रहार गरी हालै कुटपिट गर्नुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किनुभएको छ । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ । ” उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताउनुभयो । उहाँले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन ।  ”

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु  उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छ्रैन ।  समस्या बढ्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको