Like us!
Follow us!
Connect us!
Watch us!

पोग्वाकाे मुल्य  एक सय मिलियन पाउण्ड ,म्यानचेस्टर युनाइटेडले  बेच्ने

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, ११ : ५६ मा प्रकाशित

पोग्वाकाे मुल्य  एक सय मिलियन पाउण्ड ,म्यानचेस्टर युनाइटेडले  बेच्ने

अर्थ संसार, काठमाडौं- फ्रान्सेली स्टार मिडफिल्डर पोग्वा पाउललाइ म्यानचेस्टर युनाइटेडले  बेच्न चाहेको जनाएकाे छ । 

पोग्वाकाे मुल्य  एक सय मिलियन पाउण्ड तोक्दै उक्त प्रस्ताव सुन्न चाहेको क्लबले बताएकाे छ। क्लब र पोग्वाबीचको सम्झौता अझै एकवर्ष बाँकी रहे पनि यस विषयमा दुबै सहमति रहेको रिपोर्टमा उल्लेख छ । 

पछिल्लो १२ महिना यता पोग्वा र क्लबबीचको सम्बन्ध बिग्रिएको र त्यसैले पोग्वा आफैँले पनि क्लब छोड्न दबाब दिइरहेका छन् ।  

यस सिजनको सुरुवातमा पोग्वा स्पेनिस क्लब रियल मड्रिड जाने तयारीमा थिए । तर, क्लबले पोग्वाका लागि १५० मिलियन पाउण्ड मुल्य तोकेपछि रियलको प्रयास बिफल भएको थियो । 

एजेन्ट मिनो रायोलाले पनि पोग्वाका यस सिजनको अन्त्यमा युनाइटेड छोड्ने दाबी गरेका छन् । चोटग्रस्त पोग्वाको एङ्कल सर्जरी गरिएको छ ।सर्जरीपछि उनी खेलका फर्किने अपेक्षा गरिएकाे थियाे।तर कोरोनाका कारण लिगका सबै खेल स्थगित भए पछि उनको पुनरागमन लम्बिएको हाे ।  

पोग्वाले यस सिजन युनाइटेडका लागि ८ खेल मात्र खेलेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको