Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना प्रभाव : बन्द भयाे मनकामना केबलकार

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १५ : १९ मा प्रकाशित

काेराेना प्रभाव : बन्द भयाे मनकामना केबलकार

अर्थ संसार, काठमाडौं - कोरोनाको त्रस संगै मनकामना केबलकार चैत मसान्तसम्म बन्द गरीएकाे छ ।काेराेनाकाे प्रकाेपलाइ मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए ।

शनिबार देखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए ।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्ने निर्देशन दिएको हाे ।

गोरखाको मनकामना मन्दिरमा दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि मानिसहरूकाे भिड हुने गर्दछ।

यसका साथै चितनमा सञ्चालनमा आएका हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको