Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमलकाे ‘एन टि सूचनाको संसार’ सेवाका लागि ३२१०० मा कल गर्नुस्

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १० : ३९ मा प्रकाशित

नेपाल टेलिकमलकाे ‘एन टि सूचनाको संसार’ सेवाका लागि ३२१०० मा कल गर्नुस्

अर्थ संसार, काठमाडौं– नेपाल टेलिकमले ‘एन टि सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस  बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन । साथै यस सम्बन्धी थप जानकारीका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एन टि सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एन टि सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको