Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउ हालसम्मकै उच्च हुँदा नेपाली रुपैयाँकाे भाउ इतिहासकै कम

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ०० मा प्रकाशित

डलरको भाउ हालसम्मकै उच्च हुँदा नेपाली रुपैयाँकाे भाउ इतिहासकै कम

अर्थ संसार, काठमाडौं–कोरोना भाइरसकाे प्रभाव यतिबेला विश्वकाे अर्थतन्त्रमा नै  परेको छ।अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो अहिले सम्मकै सबैभन्दा उच्च दर  हो ।

अमेरिकी डलरकाे भाउ बढ्दा बन्दा नेपाली रुपैयाँकाे भाउ भने इतिहासकै कम बनेकाे छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने थालेकाे  छ ।


एक वर्षको अवधि भित्र नेपाली अमेरिकी डलरबाट १० रुपैयाँभन्दा धेरैले बढेको छ । आजभन्दा ठ्याक्कै एक वर्ष अघि २० मार्च २०१९ मा एक अमेरिकी डलर खरिदका लागि ११० रुपैयाँ ६६ पैसामात्रै तिर्नु पर्थो । अहिले भाउँ बढेर १२० रुपैयाँ माथि पुगेको हो ।

हालै एशियाली विकास बैंकले सार्वजनिक गरेको रिपोर्टले कोरोनाका कारण विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ०।४ प्रतिशतसम्म असर पार्ने देखाएको छ । कोरोनाले ३ खर्ब ४७ अर्ब डलरसम्म विश्व अर्थतन्त्रमा असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

 नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदाको असर अमेरिकी डलरमा परेको बताउछन् ।

पेट्रलियम पदार्थको माग कम भएसँगै अहिले मूल्य पनि घटेको छ । यसको कारण कोरोना नै भएको डा. भट्टले जानकारी दिए । कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएसँगै यस क्षेत्रका लगानीकर्ताहरुले डलरमा लगानी गर्न शुरु गरेको उनले बताए ।

उनले लगानीकर्ताले डलरलाई विस्वास गरेका कारण बलियो भएको उनले जानकारी दिए । ‘कोरोना भाइरसका कारण प्रोजेक्टहरु बन्द हुँदा पेट्रोलको माग घट्यो, माग घटेपछि मूल्य घट्ने भइहाल्यो’ ‘जसका कारण लगानीकर्ताहरुले प्रतिफल राम्रो आउने भन्दै डलरमा लगानी गरे, यसले डलर बलियो बन्दै गएकाे हाे ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको