Like us!
Follow us!
Connect us!
Watch us!

कनेक्ट आईपीएसबाट हुने कारोबारहरु अब नि- शुल्क

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १३ : ०८ मा प्रकाशित

कनेक्ट आईपीएसबाट हुने  कारोबारहरु अब नि- शुल्क

अर्थ संसार, काठमाडौं-कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गर्न सकिने सबै कारोबारहरु चैत मसान्तसम्म कुनै नि-शुल्क हुने  व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुको शाखामा सेवाग्राहीको भिड कम गर्न कनेक्ट आइपीएसले कारोबार शुल्क चैत मसान्तसम्म निशुल्क गरेको हो ।

मोबाइल एप, वेब, र बैंकहरुको मोबाइल तथा इन्टरनेट बैंकिङबाट गरिने कनेक्ट आइपीएसको कारोबारहरुमा समेत उक्त व्यवस्था गरिएको छ ।

कनेक्ट आइपीएसबाट एक वा एक भन्दा बढी बैंक खाता लिङ्क गरी फण्ड ट्रान्सफर गर्न सकिन्छ । साथै कनेक्ट आईपीएसबाट सेयर कारोबोर, मोबाइल वालेटमा रकम लोड, स्कुल कलेजको रकम तिर्न, इन्टरनेटको रकम भुक्तानी, बसको टिकट काट्न तथा अन्य विभिन्न भुक्तानी गर्न सकिनेछ ।

कनेक्ट आइपीएसको वेबसाइटबाट दशलाख रुपैयाँ र मोबाइल एपबाट एकलाख रुपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ ।

 कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तय संस्थाहरुबाट प्रवर्द्धित छ भने नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको हाे ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको