Like us!
Follow us!
Connect us!
Watch us!

सरकारद्वारा करिब ४३ करोड रुपैयाँ बराबरको चामल खरिद प्रक्रिया सुरू

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ०० मा प्रकाशित

सरकारद्वारा करिब ४३ करोड रुपैयाँ बराबरको चामल खरिद प्रक्रिया सुरू

अर्थ संसार, काठमाडौं-काेराेनाकाे त्रास संगै देशमा कालाेबजारी माैलाउन थालेकाे छ । यसैबिच सरकारले दश हजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारीमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिद प्रक्रिया अघि बढाएको हो ।

करिब ४३ करोड रुपैयाँ बराबरको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आहृवान गरिसकिएको कम्पनीले जनाएको छ ।


कोरोना भाइरसका कारण उत्पन्न हुने खाद्य संकट टार्न कम्पनीको भण्डारणमा चामल थप्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । उक्त परिमाणको चामल खरिदपछि कम्पनीसँग चामलको मौज्दात ३६ हजार मेट्रिक टन पुग्ने छ ।

आवश्यकता अनुसार खाद्य संकटका बेला कम्पनीको देशैभर रहेको कार्यालय तथा आफ्ना बिक्री केन्द्रमार्फत चामल बिक्री गर्ने । कम्पनीले यस वर्ष किसानसँग खरिद गरेको धानको कुटानलाई पनि तीव्रता दिएको उनले बताइन् ।

यस वर्ष खाद्यले किसानसँग २ लाख ११ हजार ३९३ क्विन्टल धान खरिद गरेकाे थियो । देशमा भइपरी आउने संकटको बेला सरकारले वितरण गर्न भन्दै २५ हजार मेट्रिक टन खाद्य सुरक्षा भण्डारणमा राख्ने नीति अनुसार कम्पनीले प्रक्रिया अघि बढाएको उनले बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको