Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहाेस् चैत ९ गते आइतवारकाे आर्थिक राशिफल

सराेज खनाल

आइतबार, ०९ चैत्र २०७६, ०७ : ४३ मा प्रकाशित

हेर्नुहाेस् चैत  ९ गते आइतवारकाे आर्थिक राशिफल

मेष राशि
राक्षस योग परेको हुनाले मासुुजन्य व्यवसाय गर्नेका लागि राम्रो रहेको छ । त्यो दिन कुनै पनि जिवित प्राणी चल्ला, बाख्रा, बोका, भैसी, चौपाया सम्बन्धी नयाँ व्यवसाय सुरु गर्नु हुँदैन । अन्य व्यवसायीले आफ्नो गोदाममा कुनै पनि सामान नल्याउँदा राम्रो हुन्छ । मुद्दा हाल्नु परे सो दिन राम्रो देखिएको छ । कानूून व्यवसायीका लागि राम्रो दिन छ । 


बृष राशि
तपाईंको भाग्यमा शनिले पर्यटन सम्बन्धी, यात्रा, गाडी सम्बन्धी, फ्याट्री सम्बन्धी डटेर काम गर्ने बेला सुरु भएको छ । भदौसम्म आफन्तले धन खाईदेलान् । धनको नोक्सान पनि चल्दै छ । कामका लागि कुराकानी सुरु गर्नुस् ।

 
मिथुन राशि
मनमा अनेक शंका उपशंका उत्पन्न हुनेछन् । लोग्ने स्वास्नीमा झगडा, डिभोर्स, जग्गा विवाद, रुवाबासी, सुत्केरी अवस्थामै अनेक रोगको सामना गर्नु पर्ने छ । यात्रामा निस्कनेका लागि राम्रो समय रहेको छ । 
कर्कट राशि कर्कट राशिका लागि आजको दिन खासै राम्रो छैन । व्यापार व्यवसायमा घाटा, गलत निर्णयले गर्दा समस्या उत्पन्न हुनसक्छ । शेयर बजारमा लगानी गर्न उचित समय छैन । 

सिंह राशि
पति पत्नीमा सरसल्लाहाले काम गर्नुहोला । बाहिरबाट समान ल्याउन पाठाउने बेला छ । भ्रष्ट कर्मचारीका लागि २ नम्बर धन्दा गर्ने, गन्ध आउने वस्तुको व्यापारीका लागि राम्रो दिन ।

 
कन्या राशि
याैन सम्बन्धी कार्य गर्ने गराउनेका लागि, भागेर विवाह गर्न चाहानेका लागि राम्रो दिन छ । महिलानै शत्रु हुने भएकाले सावधान रहनुहोला । स्वास्थ्य सम्बन्धी व्यवसाय गर्नेहरुका लागि राम्रो योग छ । 


तुला राशि
लेखक, गायक, जूस, फलफूल, तरकारी खेती, पशू पंक्षिपालन गर्नेहरुका लागि राम्रो समय सुरु भएको छ । उन्नती गर्ने र इज्जत कमाउने बेला छ । सिसा सम्बन्धी व्यावसाय गर्नेहरुका लागि राम्रो समय छ । गाडी पार्टपुर्जा सम्बन्धी व्वसायका लागि राम्रो छ । शेयरमा बैंकिङ क्षेत्रबाहेक लगानी राम्रो होला ।

 
वृश्चिक राशि
धनको नोक्सान, मनमा शंका उपशंका जन्मने बेला छ । टेक्नोलजीमा लागेका हरुलाई निकै राम्रो देखिन्छ । अचार, फलफूल व्यवसाय गर्नेहरुका लागि राम्रो दिन । चीया व्यवसायका लागि राम्रो छ । 


धनु राशि
भाई बहिनी स्टाफसँग मिलेर लगानी गर्दा राम्रो हुुन्छ । पेट्रोलियम पदार्थ, प्राविधिक शिक्षा, औषधी, फलाम, तरकारी तथा कृषि सम्बन्धी व्यवसायमा संलग्नका लागी राम्रो समय छ ।


मकर राशि
स्वास्थ्यकर्मी, खेतीपाती, शिक्षा, कन्ट्रक्सन, इलेक्ट्रोनिक व्यवसायका लगि राम्रो समय रहेको छ भने सरकारी कर्मचारी प्रसाशनिक क्षेत्रका लागि मूद्दा मामिलाको लागि पनि राम्रो दिन रहेको छ ।


कुम्भ राशि
वैदेशिक रोजगार सम्बन्धी कामका लागि राम्रो दिन रहेको छ । प्लाष्टिकजन्य गलैचा कपडा, चिया, कफि, डेरी व्यवसायका लागि आज राम्रो दिन छ ।


मिन राशि
पढ्नका लागिबाहिर गएकाहरुलाई थप लागानी गर्ने समय रहेको छ । विदेश गएका आफन्त माथिका चिन्ता देखिन्छ । राहुले बुध र चन्द्रमालाई देख्नाले चिन्ताग्रस्त र निर्णय दिन नसक्ने देखिन्छ । विदेशि सामानहरु मगाउनका लागि भने राम्रो समय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको