Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको IPO चैत्र १४ गते बाँडफाँड हुने

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, ०९ : ५५ मा प्रकाशित

नेपाल पुनर्बीमाको IPO चैत्र  १४ गते बाँडफाँड  हुने

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड चैत्र  १४ गते हुने भएको छ । कम्पनीले बिक्री बन्द गरिएकाे मितिले एक साताभित्र बाँडफाँड गर्ने तयारी गरेकाे हाे ।

कम्पनीले चैत्र ४ गते मंगलबारदेखि  १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियाे । यसैगरी, कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियाे ।

त्यसैगरी, निष्कासन गरिएकाे अन्तिम दिन अर्थात चैत्र ७ गते शुक्रबारसम्ममा ५ करोड ४७ लाख ४९ हजार ४९० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको