Like us!
Follow us!
Connect us!
Watch us!

डलरकाे मूल्यले गर्याे रेकर्ड ब्रेक, अरू मुद्राकाे सटही दर कति ?

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १० : १९ मा प्रकाशित

डलरकाे मूल्यले गर्याे रेकर्ड ब्रेक, अरू मुद्राकाे सटही दर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) पनि डलरकाे मूल्यले नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरेकाे छ । आइतबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा  तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यसका साथै, आइतबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको