सोमबार, २४ चैत २०७६
कोरोनाको अर्थराजनीतिक विश्व परिदृष्य र नेपाल
मङ्गलबार, ११ चैत २०७६

छिमेकी देश चिनको बुआन शहर हुँदै सिंगो विश्वभर फैलदै गएको कोरोना भाईरस (कोभीड–१९) को संक्रमणले विश्वभर आतङ्कित बनाएको छ । विश्व स्वास्थ्य संगठनले अपडेट गरेको तथ्याङ्क अनुसार २१ मार्च, २०२० सम्म यो संक्रमण १७६ देशमा फैलिसकेको र २७४६२० जना मानिसमा संक्रमित भईसकेको छ ।

संक्रमित मध्ये ९०९४२ को उपचार भई सकेको छ भने संक्रमणबाट ११३७२ मानिसको मृत्यु भई सकेको छ ।  यसमध्ये सबै भन्दा बढी  इटालीमा ४०३२ जना, चिनमा ३२६५, इरानमा १४३३, स्पेनमा १०९३, फ्रान्समा ४५०, अमेरिकामा २७२, दक्षिण कोरियामा  ११०  जनाको मृत्यु  भई सकेको छ ।

हाल सम्म १७ लाख मानिस यो संक्रमणबाट प्रभावित भएका छन् । कोभीड–१९ को संक्रमण जुन रफ्तारमा फैलिरहेको छ, यसबाट हालको विश्वको ७ अर्ब ७० करोड मध्ये ४० देखि ७० प्रतिशत अर्थात् झण्डै ३ अर्ब देखि ५ अर्ब जनसंख्यालाई प्रभाव पार्न सक्ने अन्र्तराष्ट्रीय श्रम संगठनले (आईएल ओ) हालै सार्वजनिक गरेको प्रतिवेदनमा यो अनुमान गरिएको छ । कोभीड–१९को संक्रमणले विश्वको यति धेरै जनसंख्यालाई प्रभाव पार्ने जुन अनुमान गरिएको छ, यस बाट अत्यन्तै ठूलो भयावह अवस्था  श्रृजना हुन सक्ने स्थिति रहेको छ ।

कोभीड–१९ को संक्रमणले मानिसहरुको ज्यान मात्रै लिएको छैन, यसको संक्रमण सिंगो विश्वको अर्थव्यवस्था हुँदै श्रम बजारमा फैलिएको छ । अर्थात् कोभीड१९ को संक्रमणले मानवीय क्षतिको अलावा अर्थतन्त्रका सबै क्षेत्रहरु, उत्पादन, रोजगारी, आपूर्ति, आदि सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्दै लगेको छ । संक्रमणका कारण उद्योग व्यवसाय सुचारु रुपले संचालन हुन नसक्दा वस्तु र सेवाको आपूर्तिमा मात्रै होईन, मागमा आधारित उत्पादन, उपभोग र लगानीमा समेत प्रभाव पर्न थालेको छ ।

यस किसिमको स्थिति शुरुमा एसियामा  उत्पन्न भई उत्पादन न्यून हुन थाल्यो  र पछि समग्र विश्वभर प्रभाव पर्न थाले  पछि यसले आपूर्ति श्रृङ्खला (सप्लाई चेन) मा. पनि प्रभाव पार्दै लगेको छ, जुन विश्वभरका श्रमजीवी वर्ग, तिनका आश्रित परिवारको जीवनयापनको लागि दुःखदायी एंवं कष्टदायी बन्दै गएको छ । कोभीड–१९ को संक्रमणबाट खासगरी व्यापार, व्यबसाय, हवाई उड्यन, पर्यटन, होटल, क्षेत्रमा प्रभाव पारेको छ । यसबाट सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा प्रमुख रुपले प्रभाव पारेको छ । साना उद्यमी, व्यवसायीहरु, स्वरोजगारहरुमा समेत प्रभाव परेको छ,। खासगरी हवाई उड्यानहरुको बन्द र मानीसहरुको आवत जावतमा नियन्त्रण र  मानिसहरु क्वारेन्टाईनमा बस्न थाले पछि यो स्थिति उत्पन्न भएको छ ।

बजारमा उपभोग्य वस्तुहरुको आपूर्ति सहज बन्न सकेको छैन । वस्तुहरु लुकाउने, महंगो मुल्यमा बिक्रि वितरण गर्ने, कालाबजारीयाहरुको बिगबिगी बढेको छ । संक्रमणका कारण लगानी कर्ताहरु थप लगानी गर्न उत्साहित हुने स्थिति छैन, यसले विश्व अर्थव्यवस्थामा प्रक्षेपित आर्थिक वृद्धि घट्न जाने, र रोजगारीमा पनि संकुचन हुने देखिएको छ । र यो संक्रमणको असर वा फैलावट अझै ३ । ४ महिना सम्म हुन सक्ने जुन अनुमान गरिएको छ, यसबाट सिंगो विश्व अर्थव्यवस्थामा मन्दी (ग्लोबल रिसेसन हुने देखिएको छ ।

कोभीड–१९ को प्रभावबाट विश्वको कुल गाहस्र्थ उत्पादनमा १.६५ ले गिरावट आउने र आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित भई नकारात्मक प्रभाव पार्ने आई.एल.ओ.ले अनुमान गरेको छ। विश्वमा अब बेरोजगारी न्यूनतम ५३ लाख देखि २ करोड ४० लाख संख्यामा पुग्ने छ  जुन सन् २००८ । २००९ को विश्वव्यापी आर्थिक संकटबाट उत्पन्न बेरोजगारी संख्या भन्दा यो संख्या २० लाखले थप हुने छ ।

यसरी कोभीड–१९ का कारण बेरोजगारीको संख्या बढ्दै गएपछि यसले श्रम क्षेत्रमा थप प्रभाव पार्ने देखिएको छ, खासगरी  श्रमिकहरुको काम गर्ने घण्टा र ज्याला परिश्रमिकमा समेत कटौती हुन जानेछ । यो संक्रमणको थप असर स्वरोजगारी गर्नेहरु र साना व्यवसायीहरुमा पर्नेछ । किनकी मानिसहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा हुने कमी सगै वस्तुहरुको बिक्रि वितरणमा हुने कमीले यस क्षेत्रमा प्रभाव पर्नेछ । कोभीड–१९ को संक्रमणको प्रभाव अध्ययन गर्ने क्रममा के अनुमान गरिएको छ, भने सन् २०२० को अन्त्य सम्म ८६० विलियन डलर देखि ३.४ ट्रिलियन डलर रकम सम्म कामदार कर्मचारीले आफ्नो आम्दानी गुमाउने छन् । यसरी रोजगारीबाट विमुख हुनुपर्ने अवस्था, न्यूनज्याला, न्यून आम्दानी, आदिका कारण ८८ लाख देखि ३ करोड ५० लाख सम्म श्रमिक कामदारहरु थप गरिबीमा धकेलिने स्थितिको अनुमान गरिएको छ ।

कोभीड–१९ को महामारी र विगत २००८ ।२००९ को आर्थिक संकटको अनुभवबाट के अनुमान गर्न सकिन्छ भने, वृद्ध उमेरका जनसंख्यालाई खास गरी स्वास्थ्य उपचारको समस्या झन् बढेर जानेछ, यस्तै युवाहरु त्यसै पनि बेरोजगार छन,अब यो संक्रमणबाट श्रम बजारमा कामदार श्रमिकको मागमा कमी आउँदा बेरोजगारीको झन् भयावह अवस्थामा सृजना हुनेछ ।

यस्तै श्रमिक महिलाहरुमा आर्थिक समस्याले पिरोल्छ । स्वरोजगार श्रमिकहरु, सामाजिक सुरक्षाबाट वंचित श्रमिकहरु समेत यस  संक्रमणबाट प्रभावित हुनेछन् । यसले गर्दा उनीहरुले कुनै पनि किसिमको तलबी सुविधा र बिरामी सुविधा वापत रकम पाउनबाट वंचित हुने छन् । यसै गरि आप्रवासी श्रमिकहरु झन् प्रताडीत बन्नेछन्, किन कि उनीहरुले सम्बन्धित देशमा सहज ढंगले रोजगारी वा आर्थिक सुविधा प्राप्त गर्न सक्ने छैनन्, भने संक्रमणका कारण हवाई उड्यानहरु बन्द हुँदा आफ्नो घर समेत फर्किन नपाउँदा उनीहरुको अवस्था झन् कष्टपद बढ्दै गएको छ ।

कोभीड–१९ को संक्रमणबाट अर्थतन्त्रमा जुन खालको संकट उत्पन्न हुँदै गएको छ, अर्थतन्त्रलाई पुर्नजीवन  प्रदानगर्न र कोभीड–१९ को संक्रमणका विरुद्ध लड्न अन्तराष्ट्रिय श्रम मापदण्ड अनुसार हरेक देशमा नीति कार्यक्रबनाई युद्ध स्तरमा लागु गर्न आई. एल. ओ ले सुझाव अगाडी सारेको छ ।

जस अनुसार विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड अनुसार पहिलो, श्रमिकहरुलाई कार्य स्थलमा सुरक्षा प्रदान गर्ने नीति अबलम्बन गर्नु पर्दछ, यस अन्तर्गत व्यवसाय जन्यसुरक्षा र स्वास्थ्यका मापदण्ड ( ओएचएस ) का मापदण्डलाई प्रभावकारीरुपमा लागु गर्नु पर्दछ । संक्रमणका कारण श्रमिकलाई कार्यस्थल सम्म नै पुगेर काम गर्न कठिनाई हुने स्थितिमा घरमा आधारित रहेर काम गर्ने वातावरण सृजना गर्ने, यस्तै ईन्टरनेट वा टेली वर्किङ्ग कार्य पद्दतिलाई अबलम्बन गर्नुपर्दछ । यस्तो संक्रमणको बेला श्रमिकहरुलाई कुनै पनि किसिमको भेदभाव र बहिष्करण गरिनुहुँदैन । र यस्तो बेलामा श्रमिकहरुलाई तलवी बिदामा प्रोत्साहित गर्नु पर्दछ । र सबैलाई स्वास्थ्य सेवाको सहज व्यवस्था गरिनु पर्दछ ।

दोश्रो– संक्रमणबाट अर्थतन्त्रलाई पुर्नजीवन प्रदान गर्न रोजगारी बिस्तार गर्ने वित्तिय र मौद्रिक नीति अबलम्बन गरी, वित्तिय सहयोग अनुदान र सस्तो दरको कर्जा उपलब्ध गराई आर्थिक गतिविधिलाई चलायमान बनाउनु पर्दछ । र यस्तो बेला खास गरि स्वास्थ्य सेवा उपलब्ध गराउन थप लगानी वृद्धि गर्ने कार्यक्रम संचालन गर्नुपर्दछ, ।यस अन्तर्गत बेरोजगार, गरिब, वृद्धबृद्धाहरुका लागि पर्याप्त मात्रामा सामाजिक सुरक्षाका सुविधा उपलब्ध गराउनु पर्दछ , यसै गरि रोजगार उन्मुख कार्यक्रम संचालन गरेर काममा लगाउने, तलबी विदा र अन्य अनुदानका कार्यक्रम संचालन गर्नुपर्दछ र स्वरोजगार तथा साना उद्योगी व्यवसायीहरुलाई अनुदान तथा कर छुट प्रदान गर्ने प्रोत्साहन मूलक नीति अबलम्बन गर्नु पर्दछ ।

अन्तराष्ट्रिय श्रम संगठनले कोभीड–१९ को संक्रमणबाट विश्व अर्थतन्त्रका साथै श्रमिक वर्ग र तिनका आश्रित परिवारको लागि पुर्नजीवन र राहत प्रदान गर्न जुन नीतिहरु अबलम्बन गर्न सिफारिस गरेको छ । यो नेपालले पनि मार्गदर्शन को रुपमा लिन पर्दछ । अहिले नेपालमा कोरोना भाईरसबाट मानवीय क्षति भई नसकेपनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसले अर्थतन्त्रमा प्रभाव पारिरहेको आँकलन गर्न सकिन्छ । आयात आधारित कच्चा पदार्थबाट संचालन हुने उद्योग व्यवसायका लागि छिमेकी मुलुक चिनबाट सोझै कच्चा पदार्थ पैठारी हुन सकेको छैन, यसले गर्दा उद्योगहरु बाट जुन मात्रामा उत्पादन हुनु पर्ने हो, उत्पादनमा कमी आउने छ । वस्तुको उत्पादनमा कमी हुने वित्तिकै सामानको अभाव हुने, मुल्य वृद्धि हुने, कालाबजारीया बढेर जाने जुन स्थिति छ, यसले खास गरी न्यून आय भएका श्रमजीवी वर्गलाई यसको मार पर्नेछ । यस्तै हरेक दिन जसो १२०० /१५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गईरहेका युवाहरु अब त्यस तर्फ जान नपाउँदा र देश भित्र तत्काल रोजगारीको अवसर नहुँदा युवा वेरोजगारहरुको ठूलो फौज तयार हुने स्थिति बन्दैछ ।

यस्तै संक्रमणका कारण खाडी मुलुक तथा युरोपियन मुलुकबाट पनि हजारौँको संख्यामा बैदेशीक रोजगारीमा गएका कामदारहरु फर्किन थाले पछि देश भित्र थप बेरोजगारीको संख्यामा वृद्धि हुने देखिएको छ । नेपाल भ्रमण बर्ष २०२० को तयारीका क्रममा सरकारी तथा नीजि क्षेत्रबाट होटेल र पर्यटन क्षेत्रमा गरिएको तयारी र लगानीको विदेशी पर्यटकहरु अब केही समयलाई  नेपाल नआउने हुँदा तत्काल  तत्काल प्रतिफल प्राप्त हुन नसक्ने हुँदा यसले पनि अर्थतन्त्रमा प्रभाव पार्ने देखिएको छ ।

 यसरी संक्रमण शुरु नहुँदै अर्थतन्त्रमा जुन ढंगले अप्रत्यक्ष प्रभाव पार्न थालेको छ, यसका बारेमा सरकारले अहिले देखि नै अर्थतन्त्रलाई ह््रासोन्मुख हुन नदिई चलायमान बनाउने र स्वास्थ्य सेवा क्षेत्रमा सुधार र परिवर्तन  गरि स्तरोन्त्ती गर्ने एकिकृत नीति तथा कार्यक्रम लागु गर्न  स्टीमुलेसन कार्यक्रमको घमेषण गर्न जरुरी छ । यसका लागि अर्थतन्त्रलाई चलायमान बनाउने गरि वित्तीय र मौद्रिक नीति अवलम्बन गर्नु पर्दछ । युवा बेरोजगारहरुलाई शीपमुलक तालिम सस्तो दरको कर्जा प्रदान गरि उद्यम, व्यवसाय संचालन गर्न प्रेरित गरि बेरोजगारी न्यून गर्ने नीति अवलम्बन गर्नु पर्दछ । यसरी संचालन गरिने उद्यम व्यवसायबाट उत्पादीत वस्तु र सेवाको बजारको सुनिश्चितता सरकारले गर्नु पर्दछ ।

दोश्रो, कृषकहरुलाई उत्पादन वृद्धिमा सरीक गराउन, कृषि मन्त्रालयबाट हालै सार्वजनिक गरिएको कृषि विकासको नीति र कार्यक्रमलाई राष्ट्रिय कार्यक्रमको रुपमा घोषणा गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ । तेश्रा,े स्वरोजगार, व्यापार व्यवसाय, उद्योग, पर्यटन, आदि क्षेत्रमा कोभीड–१९ ले पारिरहेको प्रत्यक्ष।अप्रत्यक्ष प्रभावलाई ध्यानमा राखि  सरकारले कर, बैँकको साँवा ब्याजको किस्ता भुक्तानी, जरीवानाका साथै विद्युत महशुलमा छुट जस्ता राहत मूलक कार्यक्रमको घोषणा गर्नु पर्दछ ।

चौँथो –कोरोना भाईरसको संक्रमण कुनै पनि बेला नेपाल भित्र फैलन सक्ने अवस्था छ । अतः स्वास्थ्य सेवा लाई आधारभूत तह सम्म सुनिश्चित गर्न व्यापक लगानी गर्नुपर्दछ । संभावित संक्रमणबाट पिडित हुने हरुको  उपचार गर्न सबै स्वास्थ्य चौकीहरु र अस्पतालहरुको क्षमतामा स्तरोन्तीगर्नु पर्दछ । पाँचौ, आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी बनाउन  ७५३ वटा पालिकाका सबै वडाहरु सम्म सुपथ मुल्यको खाद्यवस्तु बिक्रि वितरण केन्द्र खडा गर्नुपर्दछ र खासगरी गरिब, बेरोजगारहरुका लागि  रासन कार्ड ।कुपन मार्फत खाद्यवस्तु सुपथ मुल्यमा उपलब्ध गराउने व्यवस्था गर्नु पर्दछ ।

छैठौँ– अनुत्पादक र सुविधाजन्य आर्थिक सुविधाहरु जस्ता सार्वजनिक खर्चमा व्यापक कटौती गरि मितव्र्यायता कायम गर्ने राष्ट्रिय घोषणा गर्नु पर्दछ । र स्वदेशी बस्तुहरुको उपयोग गर्ने नीति अबलम्बन गर्नु पर्दछ ।  यस्तै सरकारले तत्काल आपत्कालिन  कोष खडा गर्नु पर्दछ । यस्तो कोषमा उद्यमी, व्यवसायी र राज्यकोषबाट पारिश्रमिक पाउनेहरुबाट सहयोग प्रदान गर्न अपिल गर्नु पर्दछ ।
 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved