Like us!
Follow us!
Connect us!
Watch us!

अब घरमै निशुल्क अध्ययन गर्नुहाेस् इसेवा र मिडास एजुकेशनको सहकार्यमा

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १५ : ३५ मा प्रकाशित

अब घरमै निशुल्क अध्ययन गर्नुहाेस्  इसेवा र मिडास एजुकेशनको सहकार्यमा

अर्थ संसार, काठमाडौं – भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘esewa’राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् । 

यसैगरी, मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो । 

त्यस्तै, इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको