Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना विरूद्ध लड्न ग्लोबल आइएमई बैंकले प्रदान गर्याे आर्थिक सहयाेग

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १७ : १९ मा प्रकाशित

कोरोना विरूद्ध लड्न ग्लोबल आइएमई बैंकले प्रदान गर्याे आर्थिक सहयाेग

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरूद्ध लड्न नेपाल सरकारले हिजाे (चैत्र ९ गते आइतबार) घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा १ करोड रूपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमार्फत १५ लाख रूपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस वि?द्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

त्यसैगरी, बैंकले स्थापना कालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको