Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउले इतिहास रच्यो, अन्य देशको विनियदर कति ?

अर्थ संसार

मंगलबार, ११ चैत्र २०७६, ०८ : १३ मा प्रकाशित

डलरको भाउले इतिहास रच्यो, अन्य देशको विनियदर कति ?

अर्थ संसार, काठमाडौं- अमेरिकी डलरको भाउले इतिहास रचेको छ । अमेरिकी डलरको भाउ बढेर खरिददर १२१ रुपैयाँ  ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ । सोमबार  खरिददर १२० रुपैयाँ  बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९३  पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।

बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित) 

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस् :

5e797288ec646.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको