Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनले नछाेएकाे बैंकिङ क्षेत्र, विशेष पासको व्यवस्था गरेर बैंक खुलाउने

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, ११ : ०७ मा प्रकाशित

लकडाउनले  नछाेएकाे बैंकिङ  क्षेत्र, विशेष पासको व्यवस्था गरेर बैंक खुलाउने

अर्थसंसार, काठमाडौं– सरकारले मंगलबारदेखि पूर्ण लकडाउनकाे घाेषणा गरे पनि बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द नहुने भएका छन् ।

सरकारले मंगलबारदेखि लागु गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुने र विशेष पासकाे व्यवस्था गरी बैंक खुलाउने तयारी गरेकाे नेपाल बैंकर्स संघका अधयक्ष भुवन दाहालले बताएका छन् ।

उनले अर्थ मन्त्रालयसँगको कुरा गरेर शाखा खोल्ने वातावरण मिलाएको जानकारी दिए । उनले भने, ‘आज बन्द नै भयो भोलिदेखि स्थानीय तहमा न्यूनतम एक शाखा खुल्नेछ।’ 

काठमाडौं बाहिरका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई बैंकको शाखा खुल्लाका लागि पास उपलब्ध गराउन अनुरोध गरेको उनकाे भनाइ छ ,त्यसपछि बैंकले निश्चित बैंकका शाखा खोलेर बैंकिङ सेवा दिनेछ ।

 ‘एटिएममा बैंकले नगदको व्यवस्थापन गर्नेछ’ उनले भने बीमाको हकमा पनि सोही व्यवस्था लागु हुने छ ।’ ग्राहकहरुलाई सकेसम्म डिजिटल सेवाहरु प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको