Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना विरुद्ध लड्न धितोपत्र बोर्डले गर्याे ५० लाख सहयाेग

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १२ : ०३ मा प्रकाशित

काेराेना विरुद्ध लड्न धितोपत्र बोर्डले गर्याे ५० लाख सहयाेग

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

हाल संसारभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाे र  उक्त राेगकाे संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा राेकथाम र नियन्त्रण गर्नका लागि उक्त सहयाेग प्रदान गरिएकाे बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् । 

त्यसैगरी, बोर्डले अहिलेकाे अवस्थालाई मध्यनजर गर्दै आ–आफनो तर्फबाट सकेसम्म सहयाेग गर्न पुँजीबजारका सबै सहभागीहरुलाई समेत आह्वान गरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको