Like us!
Follow us!
Connect us!
Watch us!

कुन बैंकका कुन-कुन शाखा खुल्छन् लकडाउनमा ?

सराेज खनाल

बुधबार, १२ चैत्र २०७६, १० : १८ मा प्रकाशित

कुन बैंकका कुन-कुन शाखा खुल्छन् लकडाउनमा ?

अर्थसंसार, काठमाडौं- विश्वव्यापी रूप लिएकाे काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि देखिन थालेपछि जोखिम न्यूनिकरण गर्न सरकाले एक सातासम्म लक डाउन अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

याे सँगै सर्वसाधारणकाे सेवाकाे लागि राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन निर्देशन दिएको छ ।

यस्तो अवस्थामा पनि केही बैंकले भने आफ्नो वेवसाइटमा सूचना राखेर लक डाउन अवधिभर कुन कुन शाखा खुल्छन् भन्ने जानकारी दिएका छन् ।

नेपाल बैंकले प्रत्येक स्थानीयतहमा कम्तीमा १ वटा शाखा बिहान १० बजेदेखि दिउँसो १.३० बजे सम्म पैसा भिक्न र जम्मा गर्नको लागी मात्र खुल्ला गर्ने जनाएको छ ।

त्यसैगरी, नेपाल इभेष्टमेन्ट बैंकको उपत्यकाका जिल्लाहरुमा काठमाडौंको दरबार मार्ग शाखा, भक्तपुरको सिपाडोल, ललितपूरको पुलचोक र किर्तिपूर शाखा खोल्ने र उपत्यका बाहिरका जिल्लाहरुमा प्रत्येक जिल्लामा १ वटा शाखा मात्र खोल्ने । स्थानीयतहको सम्वन्यमा बैंकका शाखा अधिकतम २ घण्टा मात्र खुल्ला हुने जनाएको छ ।

नेपाल बंगलादेश बैंकको काठमाडौं उपत्यकाका जिल्लाहरुमा ललितपूरको कुमारीपाटी शाखा, भक्तपूरको सल्लाघारी शाखा र काठमाडौंको कमलादी शाखा खुल्ने । उपत्यका बाहिरका भने प्रत्येक स्थानीयतहमा १ वटा शाखा कार्यालय मात्र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला हुने जनाएको छ ।

अधिकांश बैंकहरुले काठमाडौं जिल्ला प्रशासनबाट सेवा शुचारु गर्नका लागि आवागमनका लागि पास लिइसकेका छन् । बैंकहरुले कम्तिमा ४ देखि बढीमा १२ वटासम्म पास लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको