Like us!
Follow us!
Connect us!
Watch us!

अब रिचार्जमा शतप्रतिशत बोनस, २ सयसम्म सापटी लिन पाइने

सराेज खनाल

बुधबार, १२ चैत्र २०७६, १० : ४० मा प्रकाशित

अब रिचार्जमा शतप्रतिशत बोनस,  २ सयसम्म सापटी लिन पाइने

अर्थसंसार, काठमाडौं- कोरोना भाइरस संक्रमणकाे महामारीलाई रोकथाम गर्न सरकारले लगडाउन गरेपछि विभिन्न कम्पनीहरूले आ-आफ्नो क्षेत्रबाट सेवा दिइरहेका छन् ।

त्यस्तै मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई भने नेपाल दूरसञ्चार प्राधिकरणले नै निर्देशन जारी गर्दै मोबाइल सेवा प्रदायक कम्पनीले दिने रिचार्जमा बोनस र सापटी सेवा दायरा वृद्धि गर्न भनेको छ ।

मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले भनेको  छ।   नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिनका लागि निर्देशन जारी गरेका छौं यसको पालना भए नभएको अनुगमन आजबाट शुरु गर्छौ प्राधिकरणमा प्रवक्ता मिनप्रसाद अर्यालले भने ।

हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले बुधबारबाट लागु हुने गरि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न भनेको प्राधिकारण बताएको छ । मंगलबार अनलाइन मार्फत प्राधिकरण सञ्चालक समितिको बैंठकले उक्ता निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको