Like us!
Follow us!
Connect us!
Watch us!

काे हुन् कोरोना संक्रमित तेश्राे व्यक्ति ?

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, १६ : ५० मा प्रकाशित

काे हुन् कोरोना संक्रमित तेश्राे व्यक्ति ?

अर्थ संसार, काठमाडौं - नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

संक्रमित तेश्राे व्यक्ति धादिङका ३२ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस सम्मेलनमा जानकारी दिएका छन् । 

उनी हालै अर्थात चैत्र ६ गते बिहीबार कतारबाट नेपाल आएर काठमाडौंस्थित एक हाेटलमा बसेका थिए ।  ती युवाले आफुलाई असहज महसुस भएपछि मंगलबार टेकु अस्पतालमा पुगेर स्वास्थ्य जाँच गराएका र साे रिपोर्ट पोजेटिभ देखिएकाले उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको मन्त्री ढकालले बताएका छन् । 

त्यसैगरी, हाल उनकाे टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको