Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा

अर्थ संसार

बुधबार, १२ चैत्र २०७६, १८ : ०५ मा प्रकाशित

लकडाउन उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा

अर्थ संसार, काठमाडौं-कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

 महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ७७० र चारपाङ्ग्रे १२१ रहेका महाशाखाले जनाएको छ ।

 घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गर्नुभयो । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताउनुभयो ।

प्रहरीले मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको